[Latest News][6]

Akhabar
Article
Education
Health
Job Vacancy
Jyotish
lokasewa
Loksewa
news
Rashifal
Special
Tips
TSC
TU
नेपाल आयल निगम
लोकसेवा

एकल पुरुषलाई मासिक भत्ता को व्यवस्था - Lamjung

 


मर्स्याङ्गदी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भन्नुभयो, “पालिकामा स्थायीरुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलबार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ ।” एकल पुरुष भए पनि पेन्सन भएकालाई भने यो सेवा उपलब्ध नहुने उहाँको भनाइ छ ।

पालिका अध्यक्ष गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ एकल पुरुष रहेका छन् । गाउँपालिकाले तीन÷तीन महिनामा भत्ता वितरण गर्ने र निर्णय भएअनुसार गत फागुन महिनासहितको यही चैतको अन्तिममा भत्ता वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख लक्ष्मी घलेले बताउनुभयो ।

About Author Mohamed Abu 'l-Gharaniq

when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries.

No comments:

Post a Comment

Please dont forget to leave the comment

Start typing and press Enter to search